रमेश खरेलको सरूवा देशका लागि ठीक

राजधानी  केन्द्रित शासन, सुशासन तथा अमनचयन, राजधानी केन्द्रीत विकासका पुर्वाधारहरू तथा सबै कुराहरू राजधानी मै मात्र हुन पर्छ भन्ने छैन। मैले यसो भनि रहँदा राजधानीमा चै केही हुनै पर्दैन भन्न खोजेको पनि हैन तुलनात्मक हिसाबमा हेर्दा देशका अन्य भूभागहरूलार्इ पनि पछि पार्नु हुँदैन भन्ने मेरो मान्यता हो।
देशका अरू भागहरू पनि त्यतिकै सुविधा सम्पन्न र सुदृढ  र सुशासन हुनै पर्छ यसमा कुनै दुइमत छैन । यो यथार्थ हो, सबैले थाहा पाएको कुरा जतिबेला रमेश खरेल काठमाडैांका एसएसपीका रूपमा आउनु भयो वहाँको अगुवाइमा धेरै सुधार तथा अपराधिक क्रियाकलापहरूमा नियन्त्रण पनि आए । त्यसो त राजधानी बाहिर हुँदा पनि वहाँले धेरै राम्रा कामहरू गर्नु भएको छ । तर राजधानी पछि वहाँ अझ लोकप्रिय बन्नु भयो र अझ राम्रा कामहरू गर्नु भयो यी कामहरूको लागि वहाँलार्इ स्याल्युट गर्नै पर्छ ।रमेश खरेलको यो सफलतामा वहाँलार्इ वहाँको प्रहरीबल तथा जनताहरू एवम् सञ्चार माध्यमहरूले धेरै ठुलो सहयोग पुर्याएका छन यसमा विवाद गर्नु पर्ने कुनै ठाउँ नै छैन । यो वहाँको सफलता भन्नु नै हाम्रो पनि सफलता हो । राम्रा काम गर्नेहरू नै लोकप्रिय बन्छन्  यस्तो राम्रो काम हाका हाकी गरेर देखाउने नेपाल आमाका एक सुपुत्र हुन रमेश खरेल भन्दा फरक पर्दैन । वहाँका कामबाट अरूले के कति सिके कति कुराहरू पालना गरे त्यो आफ्नो ठाउँमा होला तर सर्वसाधारण देखि विभिन्न अपराधीहरू र  प्रहरी संगठन भित्र पनि धेरै सुधारहरू आएका कुराहरू हामीले विविन्न संचार माध्यमहरूबाट सुनि रहेकै कुरा हो ।यहाँ चर्चा गर्न लागेको कुरा के हो भने भर्खरै सरूवा गरिएका एसएसपी रमेश खरेल र अन्य अधिकारीको विषयमा हो । काठमाडैाबाट यो सरूवा गरियो यसमा वहाँका फ्यानहरूलार्इ दुःख लाग्नु स्वभाविकै हो तर वहाँलार्इ सरूवा गर्दा अर्को फाइदा पनि छ । धेरै पहिले देखिनै सधैं काठमाडैां केन्द्रित विकास निर्माण प्रशासन सुशासनको अबको यो समयमा पनि त्यस्तै छाटकाटको कुनै अर्थ छैन ।देशका अन्य भागहरूलार्इ पनि समानुपातिक रूपमा विकास निर्माण र सुशासनका शृंखलाहरूमा अगाडि बढाउनु पर्ने हुन्छ र पर्छ पनि । रमेश खरेल जस्ता सच्चा मान्छेहरूलार्इ एकै ठाउँमा राख्नु हुन्न । मैले यहाँ यो भनि रहेको बेला तपार्इहरूले यो सोचिरहेको हुन सक्छ त्यो राजनीतिक चलखेलका लागि त्यसो गरिएको हो  तर त्यसो हैन यहाँ सरासर एउटा नागरिकले गर्ने आशाको कुरा हो । तर अबको समयमा जनताहरू पनि धेरै बाठा भइसकेको अवस्था छ। धेरै शिक्षित भइसकेका छन, देश विदेशका अनुभवहरू बटुलिसकेका छन त्यसैले जनताका आँखोमा छारो हाल्ने नेताको अब कुनै अस्तित्व रहने छैन् र हामीले राख्नु पनि हुन्न ।त्यसैले रमेश खरेल जस्ता इमान्दार प्रहरी अधिकारीलार्इ देशका हरेक भागमा पुर्याइनु पर्छ ताकि त्यो ठाउँहरूले पनि सुध्रिने मैाका पाअोस र अन्य प्रहरी कनिष्ठ देखि बरिष्ठ अधिकारीहरूले वहाँ बाट धेरै कुराहरू सिकुन, सर्वसाधारण जनताहरू र अपराधीहरू सबैले इमान्दारिता र राष्ट्रप्रतिको वफादारिताका पाठ सिकुन । त्यसैले यसमा हामीले दुख मनाउ गर्नुभन्दा पनि जसरी जहाँ भएपनि हाम्रो आफ्नो देश हो सबैले सहयोग गर्नु नै वेश हुनेछ । यसमा रमेश खरेलज्यूले पनि दुख मनाउ गर्नु हुने छैन र नगर्नुस पनि । अन्य अधिकारीहरूले पनि वहाँको जस्तो काम गरेर देखाउन र उनीहरूलार्इ पनि त्यो मैाका मिलोस ।राजनीतिक दलहरूले के का लागि सरूवा गरे त्यो राम जाने तर वहाँको सरूवा हामीले यहाँ निर्धक्क साथ यो स्वीकार गरैां कि वहाँलार्इ गरिएको यो सरूवाको नतिजा ठीक हो देशका अन्य भागहरूमा पनि वहाँको खाँचो छ पक्कै पनि यो फाइदै हुनेछ , रमेश खरेल जस्तै धेरै नेपाली छोराहरू जन्मिउन । आशा गरैां सभ्य र समृद्द नेपाली समाजको वहाँ राम्रो मान्छे हुनाले अन्य ठाउँले पनि सुध्रिने मैाका पाअोस वहाँ लगायत वहाँका टिमलार्इ हामी सबैको शुभकामना ।यहाँ यो लेख कुनै पनि पार्टी जाती समुदायको स्वार्थमा सपोर्ट गर्दै लेखिएको हैन बरू यो लेख मेरो आफ्नो नीजि धारणा हो, एउटा नेपाली नागरिको सोचाइ हो आशा हो , हामीलार्इ विचारको स्वतन्त्रता छ र पोख्न पाउनु पर्छ । तपाइलाइ कस्तो लाग्छ ??  तपार्इको धारणा कमेन्टमा लेख्नु होला

No Responses

Write a response