# Demo and Download Here >>
NewsLine Blogger Template for creative websites :CLICK HERE TO READ...
Tuesday, December 18, 2012, Posted by Blog Admin, No Comment
Basnetg NewsLine is a Premium Blogger template. It features professional style blogger template for newspapers and magazine sites and works all major browsers, chrome,internet explorer,firefox,safari and opera. Please use this template for free but do not remove the designer link.Thanks
# Demo and Download Here >>
Read more ...
# Demo and Download Here >>
Xmas Day Blogger template :CLICK HERE TO READ...
Thursday, December 13, 2012, Posted by Blog Admin, No Comment
Xmas Day is a simple and nice Blogger template for blogs on the occasion of Christmas designed by basnetg.
Read more ...
सिएनएन हिरो २०१२ को उपाधि पुष्पा बस्नेतलार्इ CNN Hero 2012 Pushpa Basnet :CLICK HERE TO READ...
Monday, December 03, 2012, Posted by Blog Admin, No Comment
१८ मंसिर २०५९ । जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’
नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।
Pushpa Basnet लाई भोट गरी CNN Hero बनाउ , तपाईको एक भोटले पुष्पा बस्नेतलाई जिताउन सक्छ :CLICK HERE TO READ...
Thursday, September 20, 2012, Posted by Blog Admin, No Comment
Pushpa Basnet लाई भोट गरी CNN Hero बनाउ , तपाईको एक भोटले पुष्पा बस्नेतलाई जिताउन सक्छ
५ असोज,काठमाडौँ । केहि समय अगाडी मात्र हेल्प नेपाल नेटवर्क लगायतका संस्थाहरुको लागि अहोरात्र खटिएर भोट गरेका नेपालीहरुले अब फेरी त्यस्तै अर्को सामाजिक कार्यको लागि भोट गर्नु पर्ने भएको छ ।
अमेरीकी समाचार संस्था सिएनएनले हरेक वर्ष दिंदै आएको सिएनएन हिरोको मनोनयनमा नेपालकी पुष्पा बस्नेत परेकी छिन् । केबल न्यूज नेटवर्क सिएनएनले हिजो एक कार्यक्रममार्फत् सार्वजनिक गरेको सिएनएन हिरोज् २०१२ को उत्कृष्ट १० जनाको मनोनयनमा पुष्पा पनि परेकी हुन् । नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका बाबुआमाका सन्तानको लागि आवासीय हेरचाह तथा स्याहार केन्द्र संचालन गरिरहेकी पुष्पा बस्नेतलाई उनको त्यही योगदानस्वरुप सिएनएन हिरोजको लागि मनोनयन गरिएको हो ।
जेलको भित्ताभित्र विताइरहेका अबोध बालबालिकाहरूको अधिकारका लागि लडिरहेकि पुष्षा बस्नेत केहि अगाडि कोरियामासमेत सम्मानित बनिसकेकि छिन् ।
संसारकै गौरव नेपालकी चेलि समाजसेवी पुष्पा बस्नेत अहिले सँसारका हजारौ यस्तै समाजिक क्षेत्रमा योगदान दिनुहुने समाजसेवीबाट विश्वको सिएनएन हिरोको रूपमा १० जना भित्र छानिएकि छिन् । नेपालकि पुष्पा बस्नेतलार्इ हाम्रो सहयोगले समाजसेवामा समर्पित हुन हौसला मिल्छ भने हाम्रो हौसला मात्रै दिने हात किन पछाडि पार्ने? यस सिएनएन हिरोको प्रतिस्पर्धामा हाम्री नेपाली समाजसेवी पुष्पा बस्नेतलार्इ भोट दिएर सानो सानो सहयोगले उनका सपना पुरा गरानु हाम्रो दायित्व हुनेछ । त्यसैले आउनुहोस् पुष्पा बस्नेतलाइ मत दिएर सिएनएन हिरो बनाउन केहि समय खर्च गरौ ।
भोट कसरी गर्ने त?
1. यो लिङ्क http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html मा क्लिक गर्नुहोस् ।
2. 'Vote Now' button मा क्लिक गर्नुहोस् ।
अथवा
3. PUSHPA BASNET को फोटो वा नाममा क्लिक गर्नुहोस
4. इमेल टाइप गर्नुहोस् ।
5. तल देखिएको अक्षर तथा अङ्कहरू जस्ताको तस्तै टाइप गर्नुहोस् ।
6. तल VOTE बटनमा क्लिक गर्नुहोस् ।
उदाहरणका लागि:
यदि तपाइले फेसबुक आइडीबाट भोट गर्नुहुन्छ भने दायाँ पट्टि लेखिएको फेसबुक लगइनमा क्लिक गरेपछि अर्को विन्डोको लगइन फेसबुकमा क्लिक गरेर पनि भोट दिन सक्नुहुनेछ ।
यहाँहरूले एउटै इमेल वा फेसबुकबाट एकदिनमा लगातार १० वटासम्म भोट दिन सक्नुहुनेछ ।
यसपटक पनि विश्वभरका ६ राष्ट्रबाट १० जनालाई सिएनएन हिरोजको अन्तिम मनोनयनमा छानिएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये नेपालसँगै अफगानिस्तानकी एक महिला पनि मनोनयनमा परेकी छिन् । मनोनयनमा परेकालाई सिएनएनको आधिकारीक वेभसाईट वा मोबाईल फोनमार्फत भोटिङ गर्न सकिनेछ।
मनोनितहरुलाई अनलाईन भोटिङ गर्ने समय नोभेम्बर २८ तारीखसम्म तोकिएको छ भने डिसेम्बर २ तारीखमा विश्वभर प्रत्यक्ष प्रशारण हुने विशेष समारोहमार्फत सिएनएन हिरोजको उपाधि दिईनेछ।
मनोनयनमा परेका दशै जनाले उनीहरुको सामाजिक अभियानलाई निरन्तरता दिन ५० हजार अमेरीकी डलर सहयोग पाउनेछन् भने सिएनएन हिरोजको उपाधि जित्न सफल हुने एक जनाले थप २ लाख ५० हजार अमेरीकी डलरको सहयोग प्राप्त गर्नेछन् । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला प्रदान गर्न सिएनएनले ६ वर्ष अघिदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो ।
यसअघि चेलीवेटी वेचविखनविरुद्ध योगदान पु¥याएवापत नेपालकै अनुराधा कोईरालाले पनि सिएनएन हिरो उपमा पाइसकेकी छिन् ।Source=Saharasansar.com
Premium Blogger Template for News and Magazines :CLICK HERE TO READ...
Saturday, August 18, 2012, Posted by Blog Admin, One Comment
Premium Blogger Template for News, Newspaper and magazine Basnetg Tiny News
Basnetg Tiny News is a Premium Blogger template theme meant for quickly starting up your own NEWS website on blogger. It features professional style blogger template for newspapers and magazine sites and user friendly,works all major browsers.
The template is tiny but has lots of options and labels.This template is simple and best blogger template for newspaper and magazine sites. All you need to do is define which labels and categories posts will appear on the home page, because this template is lebalwise function of Javascript.
Basnetg Tiny News is my another blogger premium template with 3-column/three columns,Widget-ready, fixed width, white, gray, blue, red, sidebar widgets template/theme created for blogger.
I think this template also help you to boost your news website or other sites on blogger platform.Thanks enjoy it.
This template is free to use but you are not allowed to remove footer authors or credits links so do not remove footer links for author.
How to use this template?
Contact me at: info@basnetg.com
Happy Blogging
परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक :CLICK HERE TO READ...
Saturday, August 04, 2012, Posted by Blog Admin, No Comment
यसरी ह्याक हुनुमा सरकारी साइट भएपनि प्राइभेट कम्पनीमा होस्टिङ गराउनु नै प्रमुख कारण हो ।
काठमाडौँ, साउन २१- परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक भएको छ। परराष्ट्र मन्त्रालयको mofa.gov.np साइटको गृहपृष्ठमाथि नै ह्याकरले कब्जा जमाएका छन्। गृहपृष्ठमा 'इन्डोनेसियाली आक्रमण' भएको उल्लेख गरिएको छ। त्यसैगरी अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागको customs.gov.np पनि ह्याक भएको छ। सोही इन्डोनेसियाली समूहले यो साइटको पेजलाई बिगारेका छन्। परराष्ट्र मन्त्रालयको साइट जस्तै पूरै साइटमाथि नियन्त्रण नजमाए पनि यो साइटको गृहपृष्ठ बिगारेर आफ्नो सन्देश त्यो समूहले राखेको छ। गत साता पनि यही समूहले नेपाल सरकारको आधिकारिक साइट nepalgov.gov.np र विज्ञान प्रविधि मन्त्रालयको most.gov.np बिगारेको (डिफेस) गरेको थियो। सरकारको आधिकारिक साइट सञ्चालनमा आइसके पनि विज्ञान प्रविधि मन्त्रालयको साइट अझै निर्माणको क्रममै रहेको सन्देश राखिएको छ। सात महिनाअघिदेखि वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको गृहपृष्ठ moenv.gov.np मा यही समूहले डिफेस गरेर hacked by jas0nz666 लेख्दा पनि अहिलेसम्म हटाउन सकेको देखिँदैन। केही अघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएपछि अझैसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। नेपाल प्रहरीको साइटभित्र रहेको ट्राफिक प्रहरीलगायतका सब डोमेन अझैसम्म सञ्चालनमा आउन सकेका छैनन्। News source: Nagariknews
How to be safe with DNS Changer Malware Trojan Horse, A Complete tips for internet users :CLICK HERE TO READ...
Sunday, July 08, 2012, Posted by Blog Admin, No Comment
संसारभर इन्टरनेट प्रयोगकर्ताहरुको कम्प्युटरमा ९ जुलाइ सोमबारका दिनदेखि एउटा यस्तो खतरनाक समस्या देखा पर्नेछ जसले इन्टरनेट सेवा प्रदायक DNS नै परिवर्तन गरी ती हाइज्यकारहरुको सर्भरमा गाभिने छ, र इन्टरनेट सेवा नै बन्द हुने छ भने तपाईले प्रयोग गर्ने कम्प्युटर लगायत इन्टरनेट माध्यम नै सक्त घाइते बन्ने छन् । हाल सम्म यस्ता हाइज्याकरहरुले यस्तो किसिमको Malware Trojan Horse बाट दुइबर्ष अघि करीब ३ लाख कम्प्युटरहरुलाई शिकार बनाइसकेका छन् । यसबाट खास गरी युरोप तथा अमेरीकी मुलुकहरूका कम्प्युटरहरू बढी प्रभावित बन्ने छन भने नेपालमा भने यसको प्रभाव न्युन रहने छ ।
Read more ...
पुरा टिप्सका लागि यो लिकंमा क्लिक गर्नुस For Complete Tips
Prevention is Better than Cure
Basnetg News Tube:Template ब्लगर न्युज साइटहरूका लागि तयार भयो :CLICK HERE TO READ...
Saturday, June 16, 2012, Posted by Blog Admin, No Comment
Basnetg News Tube:Blogger Premium template for Sports Newspapers and Magazine
Wordpress तथा Joomla बाट Blogger प्रयोजनका लागि कन्भर्ट गरिएका Template मध्ये Sports Newspapers and Magazine सम्बन्धीको अर्को नयाँ टेम्प्लेट हो जसलार्इ वर्डप्रेस प्रयोजनका लागि theme-junkie ले तयार पारेको हो भने ब्लगरका लागि Basnetg.com यानिकी मैले तयार पारेको छु। विस्तृत जानकारी तथा डाउनलोड गर्न यो यहाँ क्लिक गर्नुहोस् ।
फेसबुक टाइमलाइन कसरी हटाउने? :CLICK HERE TO READ...
Friday, June 01, 2012, Posted by Blog Admin, No Comment
फेसबुक टाइमलाइन कसरी हटाउने?
तपाईंले पनि Facebook Timeline Active गराउँनु भएको छ अनि त्योबाट दिक्क लागेको छ, अनि टाइमलाइन हटाउने उपायाको खोजीमा हुनुहुन्छ भने आउँनुहोस मैले मेरो टाइमलाइन हटाउन प्रयोग गरेको केही तरीकाहरु अपनाउनुहोस् पक्कै पनि सहयोग मिल्न सक्छ । फेरी पुरानै प्रोफाइलमा रमाउने मौका मिल्नेछ ।
टाइमलाइन हटाउने विधीहरुः
तपाईले फेसबुक प्रोफाइल साइन इन गरेपछि https://developers.facebook.com/apps मा जानुस अथवा यो लिंक Developer Page मा क्लिक गर्नुहोस् । जहाँ तपाईंले टाइमलाइन एक्टीभ गराउँदा एप बनिएको हुन्छ । त्यहाँ गइसकेपछि Edit App मा क्लिक गर्नुस् ।
Facebook Timeline हटाउने एउटै मात्र उपाया भनेको App Delete गर्नु नै हो । तसर्थ Delete App मा क्लिक गरेपछि देब्रेपटि साइडबारको सबैभन्दा तल म्भभितभ ब्उउ हुन्छ त्यहाँ क्लिक गर्नुहोस् ।
त्यतिबेला एउटा मेसेज बक्स देखा पर्दछ, जहाँ हामीले डिलिसन कन्फर्म गर्नु पर्ने हुन्छ । त्यसैले Confirm मा क्लिक गर्नुहोस् । अब तपाईंको टाइमलाइन निस्क्रिय हुनेछ ।
नोटः टिप्स फेसबुक टाइमलाइन सार्वजनिक हुनुभन्दा पहिले Timeline Active गराउनु भएको छ र App Create भएको अवस्थामा मात्र लागू हुने छ। automatic timeline active भएको प्रोफाइलमा सबैमा काम नगर्न सक्छ ।
ब्लगर टेम्पलेटहरूको लागि यो लिकंमा जानुहोस् www.basnetg.com
सगरमाथाको उचाइ अझै बढेको छ... Height of Mount Everest :CLICK HERE TO READ...
Saturday, May 12, 2012, Posted by Blog Admin, No Comment
सगरमाथाको उचाइ अझै बढेको छ...
कविता
प्रस्तुतिमा म तिम्रो डाह गर्न चाहन्नम तिम्रो प्रसंशामा विलिन हुँदै जान्छु
किनकी तिम्रो हेराइ नै नेपाली छ
जहाँ तिम्रो हेराइले
म माथि
हौसला र प्रेमका छाँगाहरु पोखिदिन्छन्
म लत्रकै भिज्छु
मन शान्त हुन्छ
किनकी तिमी स्वच्छ निर्मल अटल
बिश्वास बोकेर
ठिङ्ग उभिएका सबैभन्दा अग्ला तन्नेरी छौं
जहाँ म गर्वले रमाउन सक्छु
तिम्रो दरिलो छाती कसैले फोर्न सक्ने छैन
किनकी तिमी नेपाल आमाको सन्तान हौं
तिम्रा जोस जाँगरले
पाखा र फाँटहरु हराभरा छन्
तिम्रा पाखुरामा जोसले मेची काली बग्छन्
गुराँसहरु थुँगा र गुच्छाहरु ढकमक्क बनेर
तिम्रो स्वागत र सम्मानमा प्रतिक्षरत हुन्छन्
तिम्रो सत्कारमा ऋतु समय
जो कहिल्यै निख्रिन्न
फेरी फेरी फर्किरहन्छन्
अनन्त युग युगको चीनो बोकेर
रागरागिनी बसन्ती मधुमासमा
अनि म त्यो खुशियालीमा मादल घन्काउँछु र
डाँफे मुनाल दोहोरीमा
ताल मिलाउँदै नाँच्दै सार मिलाउँछन्
तिम्रो सम्मानमा केवल तिम्रो सम्मानमा,
यति बेला गौ माता
निःस्वार्थ प्रेम बाड्दै अभिषेक पोषण गर्छिन्
उता कोइली गलाभरी बसन्त बोकेर यता उता
तिम्रै वरीपरी घुम्छे ,
मन शान्त हुन्छ,कल्पदै म ताली मार्न मस्त हुन्छु
अनि तिम्रो सुमधुर मुस्कान बर्सिन्छ
र संसार उज्यालो हुन्छ
अनकनाउँदो त्यो कालो रात चिर्दै
घाम पनि दुदे अनुहार लिएर मुस्काउँदै
टुप्लुक्क झुल्किन्छ र पहिलो सलोट बर्साउँछ
दिनभरी तिम्रै वरीपरी घुम्छ ,
उता फेरी गोधुलीमा रमाउँदा रमाउँदै
क्षितिजपारीबाट हस्याङ्गफस्याङ्ग गर्दै
हतारोमा जूनरानी अजम्बरी माया साट्न आउँछिन,
लाग्छ तिम्रो दरबारमा कहिले अध्यारो हुने छैन्
त्यति बेला म हतार हतार घामजून टपक्कै टिपेर
तिम्रो शिरमा सजाइदिन्छु
अनि अमर प्रेम र शान्तिको सौन्दर्य भरेर
तिम्रो श्वास प्रश्वासमा मितेरी गाँस्दै
फरफहराउँछन् मेरो गौरव बनेर
अनि आँखाभरी अझै माया प्रेम भरिन्छ,
मन शान्ति र सद्भावले ढक्क फुल्छ
अनि कामना गर्दछु
प्रेम र शान्तिको सद्भाव भरेर अझ युगयुगान्त फरफहराइरनेछ, त्यो मेरो निशाना,
तिम्रो अस्तित्वमा,
तिम्रो जन्मभूमिमा एउटा पुस्ताको म तिम्रो भन्नुमा मलाई गर्व लाग्छ,
त्यसैले तिमी मेरो सगरमाथा,
र म बाजी मार्न सक्छु
पुस्ता दर पुस्तामा तेञ्जिङ्ग नोर्गे र एडमण्डले चढेकोभन्दा,
हे सगरमाथा तिम्रो उचाई अझै कयौं गुणाले बढेको छ ।।
समाप्त
ज्ञानु बस्नेत
इजरायल









